देश दौडाहामा चलचित्र "संरक्षण" युनिट / आइतबार बिराटनगर र इटहरीमा युनिट

यहि श्रावण को २७ गते बाट देश ब्यापी प्रदर्शनमा आउने चलचित्र "संरक्षण" प्रचार प्रसार लाई तिब्र पार्दै देश दौडाहामा निस्केको छ । चलचित्रका लागी प्रमुख कलाकार नायिका मलिना जोशी , आशिषमा नकर्मी लगायत प्रमुख कलाकार लिएर निर्देशक पुर्णेन्दु झा  सहित निर्माता नरेन्द्र महर्जन देश दौडाहामा निस्केका छन् ।   आइतबार मोफसलको पहिलो पत्रकार सम्मेलन बिराटनगरको हिमालय टाकिजमा गरिएको थियो । दुई नायिका सहित मोफसल निक्लिएको चलचित्र "संरक्षण" युनिटले आइतबार नै ईटहरिको आई सिनेमामा पनि पत्रकार सम्मेलनको आयोजना गर्यो । युनिट ले पुर्ब देखि पश्चिमको मेजर शहरमा पत्रकार भेटघाट आयोजना गर्ने बताईएको छ ।

आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुलाई जानकारी दिदै निर्देशक झा ले  चलचित्र "संरक्षण" लाई यसरि प्रकास पारे "जन आन्दोलन २०६२ ६३ पछीको देशको सामाजिक , राजनीतिक  अवस्थाको पृष्ठभूमिमा आधारित पोलिटिकल ड्रामा जहाँ पहाडी , मधेशी थारु समुदाय बिचको व्याबहारिक र मनोबैज्ञानिक दोन्दलाई चित्रण गरेको छ । चलचित्र ५ ओटा पी पुलिस , प्रेश , पब्लिक , पावर र पोलिटिक्स मा कथा घुमेको छ । "
 पुर्णेन्दु प्रोडक्सन्स , द्वारिका उदय प्रोडक्सन  , श्रीबास्तव फिल्म्स तथा हेटौडा मुभी मेकर्स टिमको  ब्यानरमा निर्मित नेपाली चलचित्र "सरंक्षण" श्रावण २७ गते बाट देशका करिब ७५ ओटा भन्दा बढी सिनेमा घरहरु बाट प्रदर्शनमा आउने बताए चलचित्रका लागी निर्माता नरेन्द्र महर्जनले ।
 निखिल उप्रेती , सौगात मल्ल रमेश रंजन झा  , मलिना जोशी , अशिश्मा नकर्मी , प्रमोद अगरहरी , कामेस्वोर चौरसिया  ,कृष्ण सिंह , रमेश बुढाथोकी , निर शाह , श्वेता शाह , नन्दु श्रीवास्तब , निर्देश श्रीवास्तब , राज कटुवाल तथा  सुशान्त श्रेष्ठको प्रमुख अभिनयको रहेको यस चलचित्रको कथा रमेश रंजन झा र निर्देशक पुर्णेन्दु झा ले नै लेखेका हुन्  । डा कृष्ण हरि बराल , दर्मेंद्र प्रेमार्शी र रोशन जनकपुरीको शब्द रहेको यस चलचित्रको गीत लाई संगीत भने प्रभेस मलिकले भरेका छन् । पुरुषोत्तम प्रधानको सिनेमाटोग्राफी रहेको यस सिनेमामा सुरेन्द्र पौडेलको सम्पादन ,कविराज गहतराजको कोरियोग्राफर ,  र हिमाल केसीको दोन्द रहेको छ । चलचित्र लाई एफ डी कम्पनि र बि के फिल्म्स र स्टेसन फाईबले वितरण गर्ने भएको छ ।

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |