राम्रो लाग्यो फिल्म "मेरो पैसा खोई" / हेर्नेको प्रतिकृया


यहि असोज ११ गते उपत्यका भित्र र मोफसलमा २० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको कमेडी प्रधान फिल्म ‘मेरो पैसा खोई ले मङ्गलबार एक विशेष शो को आयोजना गर्यो । उक्त्त विशेष शो मा चलचित्र क्षेत्र सङ्ग सरोकार राख्ने थुप्रै चलचित्रकर्मि हरुको उपस्थ्ती रहेको थियो । फिल्म " मेरो पैसा खोई" ले मंगल्बारको  बिशेष शो बाट राम्रै तारिफ  पनि  पायो । अहिलेको बिध्यमान कथा लाई आकर्शक ढङ्गले कमेडी जनरामा प्रस्तुत गरेको सिनेमाले दर्शकको मन जित्नेमा निर्माण पक्ष र कलकारको टिम ढुक्क रहेको छ ।
फिल्मले विशेषत यौनकर्मी महिलाहरुको कथा बोल्छ । यो फिल्मलाई उपत्यकामा श्रीराम बालाजी पिक्चर्स र मोफसलमा एफडी कम्पनीले वितरण गर्न लागेको हो । ‘मेरो पैसा खोई ?’ असोज ११ गते राजधानीका हलहरुमा ‘छक्का पन्जा २’ सँग भिडन्त गर्दैछ ।
फिल्मलाई रोज राणाले निर्माण र निर्देशन गरेका हुन् । सौगात र वर्षाका अलवा फिल्ममा सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । रोज राणाले फिल्मको निर्देशन सम्हाल्नु अगाडि मेरो पैसा खोई ? लाई बलिउडको सफल फिल्म ‘भुतनाथ’का निर्देशक विवेक शर्माले निर्देशन गर्ने पक्का भएको थियो । तर, विवेकले १६ दिनसम्म खिचिएको फिल्मको सबै फुटेज डिलेट गरेर भारत भागपछि रोजले यो फिल्म निर्देशन गरेका हुन् ।
फिल्ममा हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको छ । उमा केसी निर्माता रहेको फिल्ममा रुपक राना र रुपम राना सह-निर्माताको रुपमा रहेका छन् । यसअघि ‘जय परशुराम’ निर्देशन गरेका रोजले ‘मेरो पैसा खोई ?’ कमेडी प्रधान फिल्म रहेको बताए ।

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |