‘वीर विक्रम’को अडियो गीत सार्बजानिक

प्रदर्शनको क्रममा रहेको नेपाली कथानक चलचित्र ‘वीर विक्रम’को अडियो बिमोचन गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मका कलाकार सहित चलचित्र बिकास बोर्ड अधक्ष्य राजकुमार राई लगायतकाले फिल्मको  अडियो बिमोचन गरे ।

आगामी भाद्र ३ गतेबाट देशैभर प्रदर्शन हुने यस चलचित्रको अडियोसँगै फिल्मको गीत र ट्रेलर पनि निर्माण पक्षले सार्वजनिक गरेको छ ।
निर्देशक मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको फिल्म ‘वीर विक्रम’ मा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन र नाजिर हुसेन लगायतकाको प्रमुख्य अभिनय रहेको छ । फिल्ममा ताराप्रकाश लिम्बुले संगीत भरेका छन् । फिल्ममा ३ वटा गीत समावेश छ ।
‘सारे सारे’ बोलको गीत युटुबमा सार्वजनिक भएसँगै हिट भएको छ भने ‘नजिक हुँदैछु’ बोलको गीतको भिडियो आज पत्रकार सम्मेलनमा सार्वजनिक गरियो ।



कार्यक्रममा बोल्दै फिल्मका मुख्य कलाकार दयाहाङ राइले यसको कथावस्तु एउटा गाउँको भएको फिल्म उत्कृष्ट बनेको बताए । उनले बजारमा फिल्मको ट्रेलर सार्वजनिक भएपछि ‘कबड्डी’ जस्तो भनिएपनि त्यस्तो कतै नमिल्ने बताए । उनले यो फिल्मको कथावस्तु र प्रस्तुती विल्कुल फरक रहेको जानकार दिए ।
कलाकार अनुप विक्रम शाहीले दर्शकले फिल्म हेरेपछि आफ्नो भूमिकामा मनोरञ्जन लिने बताए । अर्का कलाकार अर्पण थापाले फिल्मका आफू हाँस्य कलाकारको रुपमा प्रस्तुत भएको र यो दर्शकका लागि नयाँ स्वाद हुने बताए ।
कलाकार नाजिर हुसेनले फिल्ममा आफूले पाएको भूमिकालाई न्याय गरेको बताए । निर्देशक मिलन चाम्सले आफू सधै नै फरक शैलीको सोच राखेर फिल्म बनाउने भन्दै ‘वीर विक्रम’ त्यसै अनुसार बनाइएको बताए ।
कार्यक्रममा प्रमुख अतिथी चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले नेपाली फिल्ममा नयाँ सोचको खाचो रहेको औल्याए ।
यसअगाडि ‘हँसिया’ फिल्म बनाएर चर्चामा रहेका मिलनले बनाएको दोश्रो फिल्म ‘वीर विक्रम’ले हङकङ र यूकेबाट राम्रो प्रतिक्रिया पाइसकेको छ । रेनशा राइको कोरियोग्राफी रहेको फिल्ममा यम थापाको लेखन छ ।  

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |