अनिलको ‘झम्के माया’ सार्बजानिक / भिडियोमा नायिका निता (भिडियो सहित)

काठमाडौं,६ साउन। गायक उद्दिपध्वज थापाको नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । ‘झम्के माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा मोडल अनिल थापा नायिका निता ढुंगानाको अभिनय छ । गीतलाई गाउले परिवेशमा खिचिएको छ ।
भिडियोमा रामो दुनो तीनो जस्तो अचम्म लाग्ने शब्द समाबेस छ, जसको अर्थ राम्रो अनि एक दुई तीन भन्ने हो । भिडियोमा होली पर्व, मेला तथा तिहारको दृश्यहरु कलात्मक तरिकाले देखाईएको छ, जसमा अनिलले नितालाई बिभिन्न उपाय लगाई फकाउने प्रयासहरु गरेको देख्न सकिन्छ। दिपेन्द्र केसी निर्देशित भिडियोमा प्रेम, छेड छाड, रोमान्सका दृश्यहरु समाबेश गरिएको छ । गीतमा राजनराज शिवाकोटीको शब्द तथा संगीत छ । भिडियोलाई प्रशान्त तामाङले कोरियोग्राफी गरेका हुन् । 

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |