युवा प्रतिभा सम्मान द्वारा सम्मानित गायक गणेश गुरुङ

लोकगायनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल गायक गणेश गुरुङलाई युवा तथा खेलकूद मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा युवा प्रतिभा सम्मानबाट सम्मानित गरेको छ । मन्त्रालयको आयोजनामा आइतबार आयोजना गरिएको एक कार्यक्रमका बीच गायक गुरुङ लगायत विभिन्न विधा र क्षेत्रका ४५ जनालाई युवा प्रतिभा सम्मान प्रदान गरिएको हो ।
मन्त्रालयले १६ देखि ४० वर्षसम्मका युवालाई कामको मूल्यांकन गर्दै सम्मान प्रदान गरेको हो । गीतसंगीत, कला साहित्य, उत्पादन, निर्माण, विज्ञान तथा प्रविधि, सामाजिक एवं सांस्कृति क्षेत्रमा क्रियाशील रही मुलुकलाई योगदान दिएका युवाहरुलाई मन्त्रालयले प्रतिभा सम्मानद्वारा सम्मानित गरेको हो । पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक गणेश गुरुङलाई युवा तथा खेलकूद मन्त्री सत्यनारायण मण्डलको हातबाट सम्मान गरिएको हो । गायक गुरुङ ४५ जनामध्ये गीतसंगीतको क्षेत्रबाट सम्मानको लिस्टमा छानिएका व्यक्ति हुन् । कार्यक्रममा गायक गुरुङले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा सबैलाई नेपाली पोशाक अनिवार्य गरिएको भए पनि गायक गुरुङ भने आफ्नै जातिको पोशाकमा सम्मान लिन पुगेका थिए । सम्मान पाएपछि गुरुङले म्यूजिक खबरसँग भने – ‘सरकारको तबरबाट मलाई गरिएको यो सम्मानले मलाई गीतसंगीतको क्षेत्रमा थप जिम्मेवारी र चुनौति थपिएको महसुस गरेको छु ।’
ganesh gurung (2)

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |