सुरशाला जुनियर आइडल अब रेडियो नेपाल बाट


रेडियो नेपालबाट नेपाली स्रष्ठाहरुको सम्मानमा ‘सुरशाला आइडल जुनियर उत्कृष्ठ २०’ को आवाज गुन्जिने भएको छ । सुरशाला म्युजिक एकेडेमिले आयोजना गरेको ’सुरशाला आइडल’मा अहिले सम्म २० प्रतियोगीहरूको छनोट भैसकेको छ जसले रेडियो नेपाल मार्फत आफ्नो कला प्रस्तुत गर्नेछन् ।

 स्वर सम्राट नारायण गोपाल देखि, शिव शंकर, गोपाल योञ्जन, नाति काजी, अरुण थापा, भजन शिरोमणि भक्त राज आचार्य, अरुणा लामा, तारा देवी बच्चु कैलाश फत्तेमान, अम्बर गुरुङ आदि जस्ता सुप्रसिद्ध नेपाली संगीत हस्तिले आफ्नोकला प्रस्तुत गरेको नेपाली संगीतमा इतिहास रचेको नेपालको अन्तराष्ट्रिय स्तरको एकमात्र ऐतिहाँसिक रेडियो नेपालको स्टुडियोमा लाइभ म्युजिसियनसँग लाइभ नै गीत गाएर उत्कृष्ठ १० को लागी प्रतिस्पर्धा गर्नेछन् । सुरशाला र रेडियो नेपालको सहकार्यमा यो विशेष कार्यक्रम आयोजना गर्न लागीएको हो । विशेष गरी नेपाली बालबालिकाहरुलाई नेपाली स्रष्ठा, सर्जक र पुराना गीतहरु संग अझै नजिक बनाउने र नेपाली मौलिक एबम मुलधारको संगीतलाई योगदान एव्म उत्थानको निम्ति पनि यो कार्यक्रम गर्न लागीएको हो । निर्णायक मन्डलमा लोकप्रिय गायक तथा प्रस्तोता समाजका अधक्ष्य हेमन्त शर्मा, प्रतिभाशाली गायक राज सिग्देल र गायीका जुना प्रसाईं उहाँहरुका साथमा देशका सुप्रसिद्ध कलाकारहरु अतितिथि निर्णायक हुनेछन् ।  

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |