किरन लाकोल संग देखा परिन नायिका महिमा सिलवाल (भिडियो )

नेपाली चलचित्रकी सफल नायिका महिमा सिलवाल अहिले भिभिन्न फिल्म तथा म्युजिक भिडियोमा व्यस्त छिन । उनि द्वारा अभिनित केहि फिल्म प्रदर्शनको क्रममा रहेको छ भने केहि छायांकनमा । यिनै व्यस्त नायिका महिमा सिलवाल अभिनित एक म्युजिक भिडियो  ''एउटै मुटु'' सामाजिक संजाल युटुब मार्फत सार्बजनिक गरिएको छ । 
चर्चित गायीका मिलन अमात्य र गायक गोविन्द मधुर आचार्यको स्वोर रहेको ''एउटै मुटु'' लाई निर्देशक सिरस पुडासैनीले निर्देसन गरका छन् । हेटौडामा छायांकन गरिएको यस गीतमा लोकराज अधिकारीको शब्द रचना र गोविन्द मधुर आचार्यको संगीत रहेको छ ।

मायाप्रेमको भावलाई दर्शाउन खोजिएको यस गीतको भिडियोमा निकै व्यस्त मोडल किरन लाकोलले नायिका महिमा सिलवाल संग स्क्रिन सेएर गरेका छन् । दुईको अभिनय भिडियोमा उत्कृष्ट देखिएको छ । अजय रेग्मिको छायांकनमा तयार भिडियोलाई आश म्युजिक कम्पनिले बजारमा ल्याएको छ । 

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |