गीतकार बराईलीको ‘सङ्गराग’ सार्वजनिक

युवा गीतकार रमेश सङ्गराग बराइलीले रचना गरेका आधुनिक गीतहरुको पहिलो एल्बम ‘सङ्गराग’ लाई गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल तथा फिल्म निर्देशक तुलसी घिमिरेले सोमबार काठमाडौंमा आयोजित एक समारोहमा विमोचन गरेका छन् । विगत दश वर्षदेखि गीत लेखनमा सक्रिय रहेको बताउ“दै गीतकार बराइलीले नाच्ने होइन, बा“च्ने गीत लेखेको स्पष्ट पारे ।  
समारोहमा चलचित्र निर्देशक तुलसी घिमिरेले पुराना संगीतकार, गीतकार तथा गायकलाई बिर्सने तथा क्रेडिट नदिने प्रवृत्तिले सांगीतिक क्ष्ँेत्रमा जरा गाढेको गुनासो गरे । विशेष गरी रिमेक गरिएका गीतका सर्जकहरुलाई छाया“मा राखिने तथा नया“ बनाउनेलाई मात्र अहिलेको स्रोताले चिन्ने चलनप्रति घिमिरे चिन्तित देखिएका हुन् । गीतकार संघको अध्यक्ष योगेन्द्रमणि दाहालले गीतकार बराइलीको लेखनमात्र होइन वाचन शैलीबाट समेत प्रभावित भएको बताए ।
बिमोचित एल्बममा बसन्त सापकोटा, प्रविण बराइली, सरोज पोखरेल, प्रकाश कटवाल, योगेश लुहुरुङ, बिबी अनुरागीको संगीतमा प्रमोद खरेल, अन्जु पन्त, प्रताप दास, योगेश लाम्गादे, योगेश लुहुरुङ तथा बिजुला बिकको स्वर सुन्न सकिन्छ ।
यो एल्बमलाई फोर एस मिडियाले एल्बमलाई बजारमा ल्याएको हो । एल्बममा ६ वटा गीत समावेश गरिएको छ । 

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |