काठमाडौं— सुमधुर स्वरका धनी गायक रमण रेग्मीले गाएको आधुनिक गीत ‘खुल्ला जमिन...’ म्युजिक भिडियोमार्फत अभिनेत्री प्रियंका कार्की तथा अभिनेता पुष्प खड्काले पहिलो पटक अनस्क्रिन रोमान्स गरेका छन् । आनन्द राईको संगीत तथा दीपक निरौलाको शब्दको उक्त गीतको म्युजिक भिडियो ट्युब तथा विभिन्न टेलिभिजन च्यानलबाट एकै साथ प्रिमियर गरिएको छ । महाराज थापाद्वारा संगीत संयोजन गरिएको यो गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । अर्जुन तिवारी यो भिडियोका छायांकार हुन् भने निशान घिमिरे यसका सम्पादक हुन् ।
नारायण गोपाल तथा भक्तराज आचार्यको गायनबाट प्रभावित हु“दै सांगीतिक क्षेत्रमा आएका गायक रमण रेग्मी यतिबेला अष्टे«लियामा छन् । स्कूले जीवनदेखि नै गीत–संगीतप्रति आकर्षित भएका रमणले पछिल्लो समय गायक रामकृष्ण ढकाललाई आफ्नो सांगीतिक गुरु मानेका छन् । २०५५ सालमै डोरेमी संगीत पाठशालामा संगीतको प्रशिक्षण लिएका रमणले करिव तीन वर्षको संगीतको अध्ययनपछि पहिलो एकल एल्बम ‘समर्पण’ स्रोतामाभ ल्याएका थिए । उक्त एल्बममा रमणले नौ वटा गीत समावेश गरेका थिए । उक्त एल्बमको ‘हुन्छ नि बैंशमा’ गीत लोकप्रिय भएको थियो । पहिलो एल्बम सार्वजनिक गरे लगत्तै उच्च शिक्षा अध्ययनका लागि सन् २००७ मै अष्टे«लिया प्रस्थान गरेका गायक रमणले संगीतको सक्रियतालाई जारी राखे । दुई वर्षअघि दोस्रो एकल एल्बम ‘इन्स्पिरेशन’ लाई अष्टे«लियामै सार्वजनिक गरेका रमणले उक्त एल्बममा ५ वटा गीत समावेश गरेका थिए । उक्त एल्बममा रमणले रिमेक गरेको गीत ‘घर त लगनखेल...’ लोकप्रिय भएको थियो ।
यस्तो छ भिडियो ः

Watch Once
Post a Comment