अष्टे«लियाबाट आयो र्याडस्टुडियोको दसैं गीत

काठमाडौं— लामो समयदेखि अष्टे«लियामा रहेका चार जना नेपाली संगीतकर्मीहरुको ब्याण्ड ‘¥याडस्टुडियो’ एउटा रमाइलो दसैं गीतको म्युजिक भिडियो लिएर स्रँेता तथा दर्शकमाझ आएको छ । ‘अष्टे«लियाबाट दसैंको कोसेली’ स्वरुप ब्याण्डले यो म्युजिक भिडियो तयार पारेको जनाएको छ । लोक पप शैलीको ‘आयो रे आयो...’ शीर्षकको यो भिडियोको छायांकन नेपाल तथा अष्टे«लियामा गरिएको छ । निकेश खड्काद्वारा निर्देशित यो भिडियोमा एकातिर ब्याण्डका संगीतकर्मीहरुलाई फिचर गरिएको छ भने अर्कोतिर मोडलद्वय ज्योत्सना योगी तथा जोर्डनलाई अभिनय गराइएको छ । एकतारेको शब्दको गीतलाई ब्याण्डले नै संगीतबद्ध गरेको छ ।
सन् २०१४ मा सिड्नीमा बसोबास गरिरहेका नेपाली युवा संगीतकर्मीहरुले स्थापना गरेको ¥याडस्टुडियोमा राजेश घिमिरे (भोकल तथा बास गिटार), अनुज श्रेष्ठ (ड्रम तथा पार्कुसन), धर्मेन्द्र माली (गिटार) तथा सरोज परियार (किबोर्ड तथा भोकल) आवद्ध छन् । ¥याडस्टुडियो वास्तवमा एउटा प्रोडक्सन हाउस हो । त्यही हाउसलाई प्रतिनिधित्व गर्दै युवाहरुले त्यसको नामबाट ब्याण्ड स्थापना गरेका हुन् । अष्टे«लियाका विभिन्न शहरहरुमा आयोजना हुने कन्सर्टहरुमा समेत सहभागिता जनाइरहेको यो ब्याण्डले यसअघि एड्रिन प्रधान, दिब्य सुब्बा, रोहित जन क्ष्ँेत्रीसहितका संगीतकर्मीसंग ब्याकअप ब्याण्डको रुपमा काम गरिसकेको छ । ब्याण्डले यसअघि सन् २०१५ मा पहिलो गीत ‘तिमी भित्र...’ सार्वजनिक गरेर स्रोताको मन जितिसकेको छ । व्याण्डका संगीतकर्मीहरुले आफू विदेशमा रहे पनि नेपाली मौलिक संस्कृतिलाई संगीतको माध्यमबाट प्रस्तुत गर्ने जमर्को गरिरहेको छ । ब्याण्डका गायक राजेश घिमिरे भन्छन्—‘हामीले हाम्रो व्याण्डको शीर्षक हामी चार जना संगीतकर्मीहरुको नामको पहिलो अक्षरबाट गरेका छौं, यो पनि एक प्रकारको प्रयोग नै हो ।’

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |