गायिका श्रोता तथा दर्शकमाझ
।।।शिरैफूल..’ का साथ देखिएकी छन् "ममता’
नामक गीति एल्बममार्फत नोपाली गायन क्षेत्रमा
चिनिएकी ममताले आफ्नो पछिल्लो एल्बम ।।।हाब
्मा’ मा समावेश ।।।शिरैफूल’ बोलको गीतलाई
भिडिायोमा सार्वजनिक गरेकी हुन् । राष्ट्रिय भावना
बोकेको यस गीतको भिडियोमा चर्चित नृत्यांगना तथा
मोडल पार्वती राईलगायतले अभिनय गरेका छन् ।
यस
भिडियोलाई सुजन लामाले निर्देशन गरेका हुन् भने
छायांकन फोटो पत्रकार नविनबाबु गुरुबले गरेका
हुन् ।
विशेषगरी पुर्वेली लोक आधुनिक गीतमा पोख्त ममताले
राष्ट्रिय भावनाको गीत गाएको यो पहिलोपटक हो । शिव
संगम राईको शब्द तथा संगीत रहेको "शिरैफूल’
गीतमा नेपालप्रतिको माया र गौरव दर्साएको छ भने
अर्कोतिर रोमान्टिक पनि छँदैछ । गोपाल रसाइलीको
एरेञ्ज रहेको यस गीतमा पनि पुर्वेली फ्लेवर
पाइन्छ । यसबारेमा गायिका ममताले भनिन्, ।।।हाब्मा
एल्बममा सबै प्रकारका गीत समावेश गर्ने प्रयत्न गरेकी
छु । जसमध्ये शिरैफूल पुर्वेली लोक फ्लेवरमा
राष्ट्रिय भावनामा आधारित गीत हो ।’
यस गीतबाट आफू धेरै अपेक्षा गरेको उनले बताइन्
। ।।।सधै एकै प्रकारको गीतमात्र किन गाउने भनेर
यसपटक राष्ट्रिय भावना बोकेको गीत गाएकी हुँ’
ममताले भनिन्, ।।।यो गीत श्रोता तथा दर्शकले रु
चाउँछन् भन्ने मलाई लागेको छ ।’ ।।।हाब्मा’
को अर्थ किरात भाषामा रानी हो । जुन एल्बमलाई
चाँडै रिलिज गर्ने ममताले बताइन् । ।।।शिरैफूल’
बोलको यस गीतको भिडियोलाई ममताले आफ्नै
यु–ट्युब च्यानल ।।।नेपाली संगीत घर’मार्फत
रिलिज गरेकी हुन् ।

Watch Once
Post a Comment