एजेन्सी । सरसफाई र अन्य सामाजिक बिषयबस्तुलाई प्रस्तुत गरिएको धुर्मुस-सुन्तली अभिनित सर्ट मुभी “हरियो बिल्ला”को ट्रेलर सार्बजनिक गरिएको छ ।
उक्त फिल्म धुर्मुस-सुन्तली कै कथा र निर्देशनमा तयार भएको छ उक्त सर्ट मुभीमा सिताराम कट्टेल, कुन्जना घिमिरे, कमलमणी नेपाल, अनिता बैजु, जानुका केसी, यादव देवकोटा, सुरज सुनुवार, इन्द्रजित चौलागाँई, बिनोद राई, पल्पसा ढंगोल, लेखान्त भुसाल लगायतका कलाकारहरुको भूमिका रहेको छ ।
नेपालका बिभिन्न ग्रामिण एबं बिकट ठाउँका बासिन्दाहरुमा पनि सरसफाईका बिषयमा जनचेतना पुगोस् भन्ने हेतुले उक्त सर्ट मुभी निर्माण गरिएको सुन्तलीले जानकारी गराए ।
Watch Once
Post a Comment