भारतीय सिनेमामा सवै भन्दा बढी पारिश्रमीक लिने नायीका , कति होला पारीश्रमीक?


एजेन्सी । संसारकै धेरै कमाउने नायीकाहरुको सूचीमा दसौँ नम्बरमा बलिउडकी अभिनेत्री दीपिका पादुकोण पर्न सफल भएकी छिन्।
हलिउडको सिनेमामा प्रवेश गरेपछि उनको पारिश्रमिक बढेको हो। विज्ञापनको कमाइले पनि उनको आम्दानीको ठूलो हिस्सा ओगटेको छ। उनले हलिउडमा समेत काम गरिसकेकी छन् । दीपिकाले फिल्म ‘पद्मावती’मा समेत देखिने भएकी छन् । उनले अब पारिश्रमिक बढाउन लागेको बताइएको छ । खबरका अनुसार सुन्दा अचम्ममा पर्नुहुनेछ । खबरका अनुसार उनले अब एउटा फिल्ममा काम गरे बापत १२ करोड भा.रु. लिने भएकी छन् ।
मीडिया रिपोर्टर्सका अनुसार हाल एक ठूला स्टारको फिल्म दीपिकाको हातबाट फुत्किएको थियो । किनकी, उनले फिल्मका लागि मोटो रकम मागेकी थिइन् । यद्यपी दीपिकाले राम-लीलाका लागि १ करोड र ‘बाजीराव मस्तानी’का लागि ७ करोड लिएकी थिइन् ।
तपाईलाई यो बताऔं कि अब उनी बलिउडको पहिलो अभिनेत्री बनेकी छिन् जसको फिस १० करोडभन्दा माथि छ ।

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |