यसरि गुञ्जियो देशका ११ शहरमा ‘प्रेम गीत २’ / अबको तयारि कहाँ ?

नेपाली चलचित्र नगरीमा सफल ब्यानरको रुपमा स्थापित भएको आसुसेन फिल्मको अर्को प्रोजेक्ट चलचित्र 'प्रेम गीत २ " अहिले निकै चर्चामा छ । चलचित्र निर्माण गर्नमा कुनै पनि किसिमको कम्परमईज नगर्ने निर्माता मध्यका एक हुन् सन्तोष सेन र उनको ब्यानरम । र यसै ब्यानर बाट निर्माण भएको सिनेमा ‘प्रेमगीत २’ले प्रमोसनको लागी नेपालको प्रमुख ११ शहर घनकाई सकेको छ । 
साउन १३ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगीत २’न निर्माण युनिट फिल्म प्रमोशनकालागी देशका विभिन्न स्थान पुग्यो। दमौली देखि शुरु भएको सांगीतिक यात्रा नेपालगन्ज हुँदै बिर्तामोड सम्म पुग्दा २ हप्ता लाग्यो। दमौली, पोखरा, नेपालगंज, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, दमक, धरान, इटहरी हुँदै बिर्तामोडमा पुगेर फिल्मको प्रमोशन सांगीतिक टुर सकियो। अब यो फिल्मका कलाकारहरु काठमाडौं, ललितपुर र भक्तपुरमा प्रेमगीत गुञ्जाउन तयार छन्। निर्देशक रामेस्वर पाठक निर्देशित फिल्ममा प्रदिप खड्का संगै अस्लेशा ठकुरीको प्रमुख अभिनय रहेको छ । 

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |