भदौ २३ मा लाग्ने भयो "अण्डर नाईनटिन" /केदार भन्छन "मेरो भूमिका फरक छ"

आगामी भदौ २३  गते बाट फिल्म "अण्डर नाईनटिन , उमेर बैशालु" प्रदर्शनमा आउने भएको छ । निर्देशक शिब घिमिरे निर्देशित यस फिल्ममा  केदार ढुंगाना , रजनी के सी , शुभेच्छा थापा , रोजन रखाल लगायतका कलाकारहरुको प्रमुख अभिनय रहेको छ ।  टाईटल हेर्दा युवा युबतिको कथा बोकेको जस्तो देखिने यस चलचित्रको बारेमा थाहा पाउन फिल्म नै हेर्न पर्ने बताउछन निर्माता केदार ढुंगाना । यसअघि फिल्म "लाले" निर्माण तथा अभिनय गरेका ढुंगाना "लाले" ले पाएको दर्शकको राम्रो प्रतिक्रया बाट पनि यो फिल्ममा दर्शकले आफुलाई रुचाउने बताउछन ।

यस पछि ढुंगानाको फिल्म "फाईट क्लंब " प्रदर्शनको तयारीमा रहेको छ । निर्माता हिमाल मल्ल संग मिलेर निर्माण गरेको यस चलचित्रमा केदार ढुंगाना संगै अभिनेता रोजन रखालको पनि लगानी रहेको छ । यस अघि निर्माता रोजन रखालले "समर्पर्ण" रिलिज गरे भने निर्मता केदार ढुंगानाले "लाले" र "द ट्रयाप" रिलिज गरेका थिए ।
केहि बर्ष अघि नै निर्माण भएर बसेको यो चलचित्रले अनन्त प्रदर्शनको लागी मिति तय गरेको छ ।  क्यामेराम्यान सागर खडकाको सिनेमाटोग्राफी , प्रवल प्रधनाको सम्पादन र जनक लामाको कोरियोग्राफी र प्रदिप खड्काको दोन्द रहेको फिल्ममा राजेन्द्र श्रेष्ठको संगीत रहेको छ ।  
 युवाहरुको वास्तविक कथा बोकेको यस फिल्मले नेपाली समाजमा केहि सन्देस दिने बताउछन अभिनेता तथा निर्माता केदार ढुंगाना ।

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |